सहकारीको दर खाने कार्यक्रममा बिरामी हुनेको संख्या ४०० नाघ्यो ,,

भदौ २३ , काभ्रे – काभ्रेको पाँचखाल नगरपालिका,१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या चार सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल पनि छिन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् । सहकारीले आयोजना गरेको कार्यक्रममा गाँउ भरिका ७०० माथि सहभागी भएका थिए। दर खाएका सबैको पेट दुख्ने, वाकवाक हुने, पखला हुने, टाउको दुख्ने समस्या देखिएको छ ।विरामी हुनेमा बढी बालबालिका र महिला छन् ।

बिरामी भएकाहरूको सफैया बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोलीले बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ । तीजको नाममा गरिने देखावटी र तीजका नाममा हुने विकृतिको एउटा उदाहरण देखिएको स्वास्थ्य विभागका महानिर्देक डाक्टर गुणराज लोहनीले बताए ।

चाडवाडमा मिठो खाने, धेरै रमाउने नाममा भड्किलो बनाउँदै जादा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने भन्दै सबैलाई सजग हुन पनि अपील गरेका छन् ।काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।बिरामीमध्ये धुलिखेल अस्पतालमा ८६ को उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. अनमोल श्रेष्ठले जानकारी दिए ।५६ जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताए ।बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको छ । बाँकी उपचार गरी घर फर्किसकेका छन् । बिरामीको संख्या अझै बढ्न सक्ने बताईएको छ।