Gold

थुनिएको बडिगाड खोला बग्न थाल्यो

Naumule Migrate

गएरातिदेखि पहिरोका कारण थुनिएको बाग्लुङको बडिगाड खोला ‘ओभरफ्लो’ भएर बग्न थालेको छ। यो संगै खोला किनारका बस्तीमा जोखिम कम भएको छ। बिहान ११ बजेपछि पहिरोको केही भाग खोलिएर पानी बग्न थालेको हो ।

गएराति बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडा खस्दा मध्यपहाडी लोकमार्ग र बडिगाड खोला एकैपटक पुरिएको थियो। खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको
स्थानीयले बताए।
नेपाल प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीमा माइकिङ गरिरहेको छ   । राजमार्ग अवरुद्ध भएपछि राजधानी र अन्य शहरबाट बुर्तिवाङका लागि चल्ने दिवा तथा रात्री सवारीसाधन भने अलपत्र परेका छन्। पानीको बहाव कम भएपछि बाटो खुलाउने काम सुरु हुने  जानकारी छ ।

Naumule Badhipahiro