द भ्वाईस अफ नेपालमा किन एउटै पहिरन ,,
१ असोज , काठमान्डौ – नेपालमै पहिलोपटक सबै भन्दा ठुलो रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को विषयमा थोरै चर्चा भयको छ ।त्यो के भने कार्यक्रम संचालक र निर्णायकले किन एउटै पहिरन लगाए भनेर ।के खर्च घटाउनका लागि एउटै पहिरन लगाइएको हो वा के हो ? यो बिषयमा बोल्दै कार्यक्रम संचालक सुशिल नेपालले भनेका छन्‘यो खर्च कम गर्न नभई कार्यक्रमको थिम अनुसार नै भएको हो । ‘द भ्वाइस अफ नेपाल’मा तोकिएको भागमा एउटै प्रकारको पहिरन लगाउनुपर्ने हुन्छ ।’ उनले ब्लाइन्ड अडिसन राउण्डभरी एउटै पहिरन लगाउनुपर्ने बताएका छन् ।
साथै, ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको पहिरन लगाउनुपर्ने उनको भनाई छ । उनले पहिरनको छनोटमा पनि निकै मिहिनेत गरिएको बताएका छन् । यो रियालिटी शोको निर्णायकमा दिप श्रेष्ठ, सनुप पौडेल, अभय सुब्बा र प्रमोद खरेल छन् । हरेक शनिबार र आइतबार बेलुकी ९ बजे यो कार्यक्रम प्रशारण हुँदै आएको छ ।