चङ्गाचेट ढलकी ढलकी ,,

असोज १ ,काठमाण्डौ – चलचित्र चङ्गा चेटको ढलकी ढलकी बोलको डान्सिङ्ग गीत रिलिज भएको छ। अल्मोडाराना उप्रेतीको स्वर रहेको यो गीतमा हरिहर तिमिल्सिनाको शब्द, मिस्टर आरजेको संगीत छ । ढलकी गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आर एल राणा, रविन्द्र झा र सन्दिप क्षेत्रीलाई देख्न सकिन्छ ।

निरज कँडेलको छायांकन, प्रविण सिंहको कोरियोग्राफी रहेको यो भिडियो रमाईलो नाचौ – नाचौ लागने देखिन्छ । दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । कार्तिक १६ गते बाट रिलिज हुने चलचित्र चङ्गा चेट्ले नक्कली नोटको कथालाई उठान गरेको छ । प्रियंका कार्की र आयुष्मानको बबाल जोडी सुहाएको देखिन्छ।

lekbesi