सुविन भट्टराईको ‘प्रिय सुफी’ सार्वजनिक ,,

असोज ८ काठमाडौं – लोकप्रिय लेखक सविन भट्टराईको पाँचौं कृति प्रिय सुफी विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरू शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरे ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेशअगम ढुंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत दाबी गरे । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको भनाइ छ ।

यसैगरी नायिका आँचल शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताइन् । आफू पनि पुस्तक पढ्न आतुर रहेको उनको भनाइ छ । कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताए । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उनले अनुरोध समेत गरे ।

कार्यक्रममा फाइन प्रिन्टका अजित बरालले नयाँ लेखकलाई परिचय गराएका थिए । उनले दार्जिलिङका लेखक छुदेन काविमोलाई आगन्तुक समक्ष चिनाएका थिए । साथै उनको नयाँ पुस्तक दसैंपछि आउन लागेको उनले जानकारी गराएका थिए ।कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत रहेको थियो । त्यसका लागि गायिकाहरू शीतल मोक्तान र सुवानी मोक्तानले गीत गाएका थिए । आऊ न माया गाँस न, तिमीबिनाको जीवन काँडा भो आदि गीत गाएका थिए । सुबिन भट्टराईका समर लाभ , साया जस्ता कृति हरु चर्चित छन् ।