बुलबुलको छायांकन सकियो स्वस्तिमालाई नाच्न गारो ,,
असोज १५ , काठमान्डौ – चलचित्र बुलबुलको छायांकन कार्य करिब सकीएको निर्माण पक्षले जानकारी गरेको छ। यो चलचित्र फागुन ३ गतेबाट रिलिज हुने छ। चलचित्रमा स्वस्तिमालाई फरक – फरक गेट अपमा देखिएकि छिन ।यसमा स्वस्तिमाको चलचित्रमा एक टेम्पो चालकको भूमिका छ। चलचित्रमा समावेश ‘लाजै नमानी म त’ बोलको गीतमा स्वस्तिमा साधारण पहिरनमा नृत्य गरिरहेकी थिइन् ।नायिका स्वस्तिमा खड्काले आफूलाई पहिलो दिनमा यो गीतमा नृत्य गर्न गाह्रो भएको बताइन् ।
तर उनको लागि त्यो दिन विशेष र सुभ रहेको स्वस्तिमाले बताईन। आफूले गरिरहेको भूमिका भन्दा विल्कुल फरक भूमिका यसमा रहेको उनले सुनाइन् । कविराज गहतराजको कोरियोग्राफीलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । निश्चल बस्नेत र रजिना रिमालको स्वरमा समावेश यो गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।चलचित्रमा नायिका रणकला नाम गरेकी महिलाको भूमिकामा छिन् । विनोद पौडेलको निर्देशनमा यो चलचित्र तयार भैरहेको छ । चलचित्रको यो गीतमा दर्जन बढी ट्याम्पु प्रयोग गरिएको छ।चलचित्रमा अविरल थापा, राजु पौडेल, भीम थापा, पुरुषोत्तम पाण्डेले निर्माण गरेका हुन् ।