कार्यक्रमको व्यस्तताले यो वर्ष दसैँ मनाउन नपाईने भयो ,गायिका अमृता लामिछाने ,,

असोज १८, काठमान्डौ – गायिका अमृता लामिछाने सबैले सुनेको नाम हो ।उनि एक चर्चित गायिकामा चिनिन्छिन । दोहोरि गीत संगै विभिन्न झ्याउरे , पप , टप्पा जस्ता गीत गाउदै दर्शकको मन जित्न सफल गायिका अमृता लामिछाने आज भोलि निकै व्यस्त पनि छिन । नेपालका विभिन्न स्थानमा कार्यक्रमको व्यानर पोस्टरमा उनको नाम देख्न सकिन्छ ।
भर्खर मात्र कतारको दोहामा वृहत कार्यक्रममा सहभागी भयर आयकि लामिछाने यो वर्षको दसैँ मनाउनाओमनमा जाने भएकि छिन ।स्वदेश देखि विदेशसम्म कार्यक्रममा ब्यस्त भएकै कारन अमृताले आफ्नो घर परिवार सँग बसेर दसैँ नमनाएको पाँच वर्ष भएको रंग दर्पण डट कमलाई बताईन ।
चाड पर्वकै बेला मेला महोत्सब हुने गर्छ ।तेही भएर पनि घर जान नमिलेको अमृताले बताइन ।कलाकारको लागि मेला महोत्सब भनेको चाड पर्व जस्तै हो ।जसले गर्दा हामिलाई अवसर मात्र नभई सबैले चिन्ने मौका मिल्छ उनले भनिन । दसैँ तिहार र छट पर्वको अवसर पारेर नेपालि एकता मंच ओमानले गर्न लागेको बृहत सांस्कृतिक महोत्सव २०१८ मा सहभागी हुन लामिछाने ओमन जाने छिन ।ओमनमा उनको विशेष प्रस्तुति संगै दोहोरो पनि हुने छ ।
जसमा गायक तिलक परियार पनि ओमनमा सहभागी हुने जानकारी छ । १९ अक्टुबर सुक्रबारको दिन बिहान ११ बजे ओमनको अलमासा हल रुवी मस्कटमा कार्यक्रम हुने छ । सामाजिक सञ्जाल फेसबुकबाटै अमृताले सबैलाई कार्यक्रममा सहभागी हुन आउन पनि आग्रह गरेकी छिन ।ओमन बाट फर्के लगतै नेपालको विभिन्न स्थान सुर्खेत , दाङ् लगायतमा उनको प्रस्तुति रहने छ ।
