२१ वर्ष पुरानो सीआईडी कार्यक्रम बन्द ,,

कार्तिक १२ भारत – नेपालमा समेत चर्चित र सबैको प्यारो च्यानल मानेर हेरिने बेस्ड सिरियल ‘सीआईडी’ २१ वर्षपछि बन्द भएको छ । यो च्यानल भारतीय टिभी च्यानल सोनीमा प्रशारण हुने गर्दछ ।कार्यक्रम बन्द भयको औपचारिक घोषणा गर्दै कार्यक्रमका प्रोड्युसरले जानकारी गरे ।बन्द हुनको खास कारण भने खुलेको छैन ।तर, कार्यक्रम अत्यधिक पुरानो भएको र टीआरपी खस्किदै गएपछि बन्द गर्ने निर्णय लिइएको बुझिएको छ । बच्चा देखि बुढा सम्मले मन पराउने कार्यकर्म हो यो, कार्यक्रम बन्द गर्ने निर्णयबाट यसका फ्यानहरु भने क्षुब्द भएका छन् ।

सामाजिक सञ्जालमा सोनी च्यानलको निकै आलोचना भइरहेको छ । सीआईडीले नै सोनीलाई स्थापित गराएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसलाई फिर्ता ल्याउन माग गरेका छन् ।यसैबीच सिरियलमा ‘दया’ को भुमिकामा अभिनय गर्दै आएका दयानन्द सेट्टीले एक अन्तरवार्तामा लोकपि्रय हुँदा हुँदै पनि कार्यक्रम बन्द गरिएको भन्दै असन्तुष्टी पोखेका छन् ।बीबीसीसँग कुरा गर्दै उनले भने सीआईडी रिटन्र्स’ आउने सम्भावना कम छ । ‘कम्तिमा सोनी टेलिभिजनमा त आउँदैन । अर्को टेलिभिजनमा नयाँ खालको कार्यक्रम लिएर आउन सकिन्छ उनले भने ।
