चितुवाको आक्रमण बाट ४ वर्षीय बालिकाको मृतु ,,
कार्तिक १८ , अर्घाखाँची -हिजोराति चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा ४ वर्षीय बालकको ज्यान गएको छ बालिकाको ज्यान गएपछि स्थानिएले चितुवालाई मर्न आग्रह गरेका छन् अहिले चितुवा मार्न चितुवा मार्न शसस्त्र प्रहरी र नेपाल प्रहरी वनका सुरक्षकर्मीसहित ४५ जना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएक छन् ।
चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर घम, जिल्ला वन कार्यलयका प्रमुख अजयविक्रम मानन्धरसहितको टोली परिचालन भएको हो। जिल्लामा चितुवा आक्रमण र आतंक बढ्दै गएको लामो समय हुँदासमेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडालगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ४ वर्षदेखि चितुवाले दुःख दिँदै आएको छ।नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा दुई दर्जन बालबालिकामा आक्रमण गरेको छ। जसका कारण १८ जनाको ज्यान गएको छ।