अहिले सम्म एक हुन नसकेको जोडी अब सफल कि असफल ,,
कार्तिक २९ , काठमान्डौ – नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अहिले सम्म यौटै चलचित्रमा काम गरेका छैनन् ।नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । तर, अहिले सम्म संगै काम गरेका भने छैनन ।चलचित्र ‘भैरवी छक्का पन्जा २ जस्ता चलचित्रमा पनि दुबैले स्विकार गरेनन् । अब पुन यही विचमा, निर्देशक हेमराज वीसीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा यी दुई फाइनल भएको खबर सार्वजनिक भैरहेको छ ।
हेमराज वीसी ‘ब्रेकअप’ रिलिजपछि नयाँ चलचित्र निर्देशन गर्दैछन् । लभ स्टोरी चलचित्र निर्देशनमा हेमराज सफल पनि मानिन्छन् । उनै, हेमराजको चलचित्रमा नायक प्रदिप खड्का भने फाइनल भैसकेका छन् ,भने नायिका साम्राज्ञी राज्यलक्ष्मीले साईन गरिकी छैनिन ।वुझिएअनुसार, साम्राज्ञी र यसको निर्माणपक्षविच पारिश्रमिकमा नै कुरा मिलेको छैन । तर, साम्राज्ञी यो चलचित्र गर्ने मुडमा छिन् । यसैले, करिब एक सातापछि हुने छलफलमा साम्राज्ञीले हेमराजको चलचित्रका लागि पक्का गर्ने संभावना बलियो छ ।