विपिन बक्स अफिसमा सफल कि असफल ,,

बक्स अफिसमा असफल भएपनि उत्कृष्ट अभिनयका कारण कलाकार विपिन कार्कीको खोजी चलचित्र क्षेत्रमा धेरै हुन्छ । आफूले पाएको भूमिकालाई शतप्रतिशत न्याय गर्न सक्ने कलाकारको रुपमा उनी चिनिन्छन् । यो बर्ष उनले ‘हरी’ चलचित्रबाट प्रशंसा पाएपनि यो चलचित्र बक्स अफिसमा असफल भयो ।

उनले अभिनय गरेको चलचित्र प्रसाद यहि मङ्सिर २१ गते बाट रिलिज हुँदैछ। गीतले चर्चा पायको चलचित्रले बक्स अफिसमा कतिको कमाई गर्छ त्यो भने हेर्न बाँकि छ । प्रसादको रिलिज लगतै उनि चलचित्र गोपीको प्रचारमा दौडन पर्ने छ फागूण १७ गते उनको ‘जात्रै जात्रा’ चलचित्र रिलिज हुने भएको छ । विपिनलाइ फ्लिम छैनन् भन्दा भन्दै लगातार उनका तिन फ्लिम भयका छन् ।