Gold

४ कक्षामा पढ्ने बालिका बनिन आमा ,,

Naumule Migrate

मंसिर ४ , मकवानपुर – पहिले पहिले विदेशी समाचार पढ्न मिल्थ्यो , ५ वर्षको बालिकाले बच्चा जन्माईन भनेर अलि पत्याउन गारो हुन्थ्यो ।अहिले नेपालमा पनि यस्तै घटना देख्न पाउदा हो कि ? जस्तो लाग्छ। केहि महिना अगाडी रोल्पामा एक १३ वर्षीय बालिकाले बच्चा जनमाईन भन्ने कुरा समाचार मा आयो ।आज पनि मकवानपुर तेस्तै भयो।

१२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिका भेटीइन ।यस्तो पाय पछि बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका,३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।‘चेपाङलाई काठमाडौंस्थित प्रसुतिगृहमा लगिएको छ’,।

उनले भने, ‘सरकारले ती बालिकाको उपचारमा लाग्ने सबै खर्च समेत व्यहोर्ने भएको छ ।’ हेटौंडा अस्पतालले ३३ हप्ताको गर्भवती चेपाङको पाठेघर तल खसेकाले चिकित्सकको निगरानीमा प्रसुति गराउनुपर्ने भएकाले अस्पतालमै राख्नुपर्ने सुझाव दिएको थियो । उपचारमा संलग्न हेटौँडा अस्पतालका डा. निशा राईले बाल अवस्थामा गर्भवती भएकोले अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताइन् ।

चार कक्षमा अध्ययन गरिरहँदा उनले गत वर्ष भागेर बिवाह गरेकी थिइन् । उनका श्रीमान् रञ्जित चेपाङले छाडे पनि पछिल्लो समय सम्पर्कमा रहेको आमा राममाया बताउँछिन् ।गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाडीमा राखेर हेटौंडा ल्याएपछि अत्तालिएकी चेपाङ मंगलबार बिहान आफूलाई केही नभएको भन्दै घर फर्कइदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै थिइन् । एक वर्षअघि भागेर बिवाह गरेकी गंगामाया गर्भवती भएपछि आमासँग बस्दै आएको बताइएको छ ।

 

Naumule Badhipahiro