Gold

२०३० सम्ममा एड्स रोग निर्मूल पार्ने रणनीति छ प्रधानमन्त्री ओली ,,

Naumule Migrate

मंसिर १५ , काठमान्डौ – आज विश्व एडस दिवस हो जुन नेपामा पनि मनाईएको छ। आज ३१ औं विश्व एड्स दिवस मनाईएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छ्न ।एड्स दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भनेका छन ।

,‘सबै संक्रमितहरुमा यो सेवा पुर्‍याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह गर्दछु । सबै संक्रमितमरुले उपचार सेवा पाउनुपर्छ ।दिगो विकासका लक्ष्यहरुले स्वस्थ्य मानव समाजको परिकल्पना गरेको स्बताउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुतगतिमा अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

यस अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीले विश्वास विश्वास व्यक्त गरेका छन् ।एचआइभी एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको भूमिका आवश्यकता रहेकोमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

Naumule Badhipahiro