द म्यान फ्रम काठमाण्डौको गीत रिलिज ,,
चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘आकाशै घुमेर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । चलचित्र नेपालि र अंग्रेजी भाषामा निर्माण गरिएको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार जोसे म्यानुअल र नायिका आना शर्माको मुख्य भूमिका छ ।
नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनका लागि यो चलचित्र निर्माण गरिएको निर्माता नकिम उद्दिनले जानकारी दिए । यो गीतमा जेशन कुँवरको शब्द, संगीत र स्वर छ । उनलाई गायिका निकिता श्रेष्ठले गायकीमा साथ दिएकी छिन् । यो गीत मिठो छ । तर, भिडियो त्यसको तुलनामा निकै नै कमजोर बनाइएको देखिन्छ ।
यो चलचित्रको निर्देशन पेमा धोन्डुब तिब्बती हुन् । यो चलचित्रमा अमेरिकी कलाकार जोसेको साथमा बलिउड कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी कलाकार हमिद शेखको मुख्य भूमिका छ । साथमा नेपाली कलाकारहरु नीर शाह, आना शर्मा, परमिता आर एल राणा, शिशिर वाङ्देल, कर्म शाक्य, आमिर गौतमको पनि मुख्य भूमिका छ ।यो चलचित्र चैत्र १ गतेबाट नेपालमा रिलिज हुँदैछ ।
https://youtu.be/ni28lzbSewI