सुर्खेतमा बोक्सीको आरोप पछि आफ्नै परिवारबाट कुटपिट गरिएकि महिलाको घटना गुपचुप बल्ल बाहिरियो

पुस १४ ,सुर्खेत – वीरेन्द्रनगर ,२ की १८ वर्षीया अमृता बुढालाई बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपीट भएको छ। शरीरभरी तातो पन्यूले डामिएको छ। अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन।

एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ। पीडितकै आमा समेत ‘घरभित्रको कुरा मिलाउने पक्षमा’ छिन्। प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्रेको छ। डीएसपी प्रतापबहादुर क्षत्रीका अनुसार कुटपिटमा संलग्न कृष्णा र उनका पति कृष्णप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएको हो ।

अमृता सिलाइकटाइको तालिम लिइरहेकी थिइन्। उनी वीरेन्द्रनगर-७ इत्राममा रहेकी सानीआमा कृष्णा काफ्लेको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि कृष्णाकी तीन वर्षीया छोरी बिरामी परिन्। अमृताले बोक्सी लगाएकै कारण छोरी बिरामी परेको भन्दै कृष्णाले उनलाई कुटेको र डामेको प्रहरीले जनाएको छ।

कृष्णाले आइतबार अमृताकी आमा टीका बुढालाई घरमा बोलाएर उनकै सम्मुख अमृतामाथि ज्यादति गरेकी थिइन्। तातो पन्यूँले डाम्दा अमृताको अनुहार, मुख, गोडा र ढाड पोलिएको छ। घाइते छोरीलाई टीकाले चुपचाप घर लगिन्। छोरीको अवस्था गम्भीर देखेपछि बुबा लुन बुढाले सोमबार मात्र अमृतालाई अस्पताल भर्ना गरेका हुन् ।

शरीरको अधिकांश भाग पोलिएका कारण अमृता उठ्न र बस्न सक्दिनन्। घाउमा कपडा टाँसिएकाले उनी पीडा झेलिरहेकी छन्। अमृताले मलाई न्याय चाहियो भन्दा अमृताको आमाले यो घर परिवारको कुरा हो यहि मिलाउन पर्छ भनेर दबाब दिएकि छिन तर घटना आफन्तबीचको भएकाले मिलाउने कोशिस भइरहेको छ।

‘मेरैअगाडि छोरीमाथि कुटपीट भयो, मसान चढेको भन्दै बहिनीले कुटिन्,’ अमृताकी आमा टीका भन्छिन्, ‘तर यो घरभित्रको कुरा हो। अब यसलाई मिलाउनुपर्छ।’मिलाउने प्रयास भएकोमा अमृता चिन्तित छिन्। ‘मलाई न्याय चाहिएको छ,’ उनले दुःखेसो गरिन् ‘ममाथि यत्रो अत्याचार हुँदा पनि मिलाउन खोजिँदैछ?

’पिडितको आमाले घरयासी मामला भन्दैमा हामि छोर्दैनौ , पक्राउ गरिएकालाई कानुनि कारबाहीको लागि अगाडी बढिसकेको छ। पीडित किशोरीलाई न्याय दिलाउन हामी प्रतिबद्ध छौं।’डीएसपी प्रतापबहादुर क्षत्रीले भने ।