suekhet
bheriad

प्रधानमन्त्री केपी ओली र जापानी विदेशमन्त्री कोनोबीच भेटवार्ता ,

lekabesi

पुस, २६ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी गरे अनुसार प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको छ ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनो बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।यसैबीच, कोनोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि बिहीबार बिहान औपचारिक भेटवार्ता गरेका छन् ।

 

कोन नेपालमा रहेको बेलामा उनको जन्मदिन परेको थियो तेही अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा कोनोलाई शुभकामना दिन प्रधामन्त्री ओली पुष्पगुच्छा सहित तयार थिए। जब कोनो त्यहाँ पुगे ओलीले उनलाई फूलको बुके दिए र ‘बर्थडे विस’ गरे। कोन आजनै स्वदेश फर्कने छन् ।