‘प्रेमलीला’को ट्रेलर सार्वजनिक ,,
माघ ,३ काठमान्डौ – चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । काठमान्डौमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजानिक गरेको हो ।
चलचित्रमा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन छ ।
चलचित्रमा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका छ । कलाकार दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा तयार भएको चलचित्र प्रेमलिलामा दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, र बदलाको कथालाई उठान गरेको देख्न पाईनेछ ।

फागूण १० गतेबाट रिलिज हुन लागेको चलचित्रको ट्रेलरमा निर्देशकको नाम उल्लेख गरिएको छैन । जनक पाण्डेले यो चलचित्रको निर्देशन गरेको भएपनि उनी अहिले सम्पर्कमा नरहेको र चलचित्रको प्राविधिक काममा कुनै पनि तरिकाले ध्यान नदिएको भन्दै उनको नाम उल्लेख नगरिएको हो ।
चलचित्रमा हिन्दि संवादपनि प्रयोग भयको छ । चलचित्रमा नायिका खडकालाई फरक फरक दुईवटा अवतारमा देख्न सकिन्छ । उनले मुडुलो बनेर चलचित्रमा एक्सन समेत देखाएकि छिन ।