suekhet
bheriad

प्रकाण्डका छोरा खरखजना सहित पक्राउ

lekabesi

माघ १८ ,विराटनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विकविरुद्ध हात हतियार तथा खरखजना मुद्दा चलाइने भएको छ । उनि पेस्तोलको गोलीसहित पक्राउ परेका छन् ।

काण्डका छोरा नरेन्द्रलाई बिहीबार साँझ प्रहरीले विराटनगर विमानस्थलबाट पेस्तोलमा लोड हुने तीनवटा गोलीसहित पक्राउ गरेको थियो ।मोरङ प्रहरीले मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रहरीका अनुसार कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र केही दिन अघि पूर्व आएका थिए । उनी विराटनगर विमानस्थलबाट यति एयरलायन्सको जहाजमार्फत बिहीबार साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए ।

सुरक्षा चेकजाँचका क्रममा उनले बोकेको झोलामा पेस्तोलमा लोड हुने गोली फेला परेको प्रहरीले जनाएको छ । नरेन्द्रबाट पेस्तोल भने भेटिएको छैन गोलि मात्र फेला परेको हुनाले उनलाई हात हतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।