अरुको सिर्जना प्रयोग गर्दा अनुमति लिने बानि बसाल्नु पर्छ, कृपया सालकोपात टपरी गीतलाई बिगारेर नगाईदिनु होला संगीतकार, गायक वसन्त थापा ,

नेपालि कलाकारमा मान मर्यादा र संस्कारको विकाश गर्ने बानि बसाल्नुपर्छ र कुनैपनि ब्याक्तिको सिर्जना प्रयोग गर्नुभन्दा अगाडी अनुमति लिनुपर्ने गायक संगीतकार वसन्त थापाले बताएका छन्।

संगीतकारले संगीत गरेपनि नाम गायकको आउने गर्छ ।तर संगीतकारको नाम आउदैन ,संगीत भनेको मुटु हो , मुटु चलेपछि मात्र मान्छे बाच्छ, संगीतले गर्दा गायक बाच्ने गर्दछ तर नेपालमा कालाकार हरुले यो मर्मलाई नबुजेको गायक बसन्त थापा बताउछन।

गीत संगीतमा रोयल्टीको कुरा त परै जावोस अरुको गीत गाउदा स्टेजमा संगीतकार गायकको नाम समेत आउदैन ।यो बानि कलाकारले तत्काल सुधार्नु पर्छ थापाले भने।

अहिलेको निकै चर्चामा रहेको गीत सालकोपात टपरीका संगीतकार वसन्त थापा हुन्, भने गायक कुलेन्द्र बिक र बिष्णुमाझि यो गीतले अहिले ईतिहास रचेको छ ।तर यति राम्रो गीतलाई अन्य कलाकारले बिगारेको थापा बताउछन । जसलाई शिब बिकले कोरियोग्राफर गरेका हुन् ।

थापाले नेपाल आईडल विजेता गायक रवि ओड र गायिका सरस्वति लामाप्रति संकेत गर्दै भने, ।गीतलाई न्याय दिएर गाउन पर्छ , गाउदा शब्द समेत गलत ढंगले प्रयोग भयका छन् ।लोकगीतको आफ्नै मर्यादा छ ।अरुको कपि पेस्ट गर्ने बानि छोड्नुपर्छ ।कभर गाउँदा वा ट्रयाक बजाउदा अनुमति लिनपर्छ ,थापाले भने।

आफ्नै भाई दुर्गेश थापाले सालकोपात टपरी गाउछु भन्दा त मैले गाउन दिएन र कुलेन्द्रलाई रेजेको हु ।किन कि गीतलाई गाउदा न्याय दिन सक्नपर्छ ।, आफ्नो गीत गाउछु भनेर स्टेजमा गयको बेला समेत थापाको गीत दोश्रो गायकले गाईदिने गरेको थापाले दुख पोखे

थापा सबै भन्दा बढी महोत्सवमा पुग्ने कलाकारमा गनिन्छन। मैले कसैको विरोध गरेको होइन तर अरुको सिर्जना प्रोगगर्दा अनुमति लिन पर्छ भन्ने मेरो भनाई हो थापाले भने ।

वसन्त थापाले संगीत गरेको गीत उही खोलिमा पानिले लोक दोहोरि क्षेत्रमा पहिलो ईतिहास राख्न सफल गीत हो । भने डबल ईतिहास सालको पात टपरीले गरेको छ।

आज संगै , म त गाउले ठिटो ,धौलागिरि हिमालको लगायत थुप्रै गीत थापाका चर्चामा छन्।  संगीतकार न बाँचे गीतकहाँ बाट जन्मिन्छ कृपया सालको पात टपरीलाई बिगारेर नगाईदिनु होला भन्दै थापाले अनुरोध गरे ।