सय कडा दश’ हेर्न पुगे लालबाबु पण्डित ,भन्छन यो चलचित्रलाई रास्ट्रीए चलचित्र बनाउन पर्छ ,,
हिजो शनिबार बाट देशभर रिलिज भयको चलचित्र सय कडा दश’हेर्न संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित काठमाण्डौको कुमारी हलमा पुगे।
चलचित्र हेरेपछि पण्डित भावुक हुदै विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय चलचित्र तय गरिनुपर्ने बताए । आफू चलचित्र हेर्दा पटक–पटक रोएको भन्दै मन्त्री पण्डितले चलचित्र हेर्न यूवाहरुलाई आग्रह गरे ।
मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार चलचित्र ‘सयकडा दश’ हेरेका छन्
उनले कलाकार राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि चलचित्र सशक्त माध्यम भएको बताए ।
शुक्रबार रिलिज भएको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय छ । चलचित्रले भ्रष्टाचारको कथालाई उठान गरेको छ चलचित्रलाई ‘राष्ट्रिय चलचित्र’ तोकिनु आवश्यक रहेको मन्त्रि लालबाबु पण्डितले सुनाए ।