विदेशीहरू प्राकृतिक स्टुडियो खोज्दै नेपाल आउँछन्, नेपाली सिनेकर्मी नयाँ लोकेसन खिच्न देशबाहिर जानेको लहर ,

नेपालि सिनेमाको लहर आजभोलि बढ्दो देखिन्छ , आज भोलि सिनेमा छायांकन गर्न विदेश जानेको पनि लहर छ ।विदेशी भूमिका दृश्यले सिनेमालाई थप मनोरंजन उपलब्ध गराउने निर्माताहरु बताउछन ।

, चलचित्र समर लभको अधिकांस छायांकन , नर्बे , सिंगापुर , थाईल्याण्डमा गरियको निर्देशक मुस्कान ढकाल बताउछन ।उपन्यास समर लभ चलचित्र माघ २५ भोलिदेखि देशभरका हलमा प्रदर्शन हुँदै छ ।

तेस्तै नेपालमा अहिलेसंकै महँगो चलचित्र बन्दैछ पास्वोर्ड यो चलचित्रको कुललगानी ३० करोड बताईएको छ। सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्ममा भारतीय अभिनेत्री सन्नी लियोनीले तीन करोड पारि श्रमिक लिएर एउटा आइटम गीतमा नृत्य गरेकी छन्।९८ प्रतिशत दृश्य बेलायत र दुई प्रतिशत नेपालमा छायांकन हुने निर्माणपक्ष बताउछन  ।

अर्को चलचित्र ए मेरो हजुर ३ को छायांकन अमेरिकामा भयको नायिका निर्देशिका झरना थापा बताउछिन ।यो चलचित्रबाट झरना थापाकि छोरी सुहाना थापाले डेब्यु गरेकी छिन। जसमा अनमिल केसी छन्।

फिल्म ‘लभ स्टेसन’को टोली एउटा गीतको छायांकन भियतनामका विभिन्न स्थानमा सकेर स्वदेश फर्किएको छ। रोमान्टिक गीतमा प्रदीप खड्का र जसिता गुरुङले अभिनय गरेका छन्। उज्ज्वल घिमिरे निर्देशित यो फिल्म भारतको दार्जिलिङ तथा कालिम्पोङमा छायांकन भएको छ। ‘

भियतनामका रमणीय दृश्यमा फिल्मका मुख्य कलाकारले रोमान्स गरेका छन्’, निर्माता गोविन्द शाहीले बताए। यसअघि भियतनाममा खासै नेपाली फिल्म खिचिएको थिएन।

सामान्यतः ४०,५० लाखमा नेपाली फिल्म बन्ने गथ्र्यो। अहिले दुई करोडभन्दा माथि लगानी हुन्छ। केही निर्माताले पाँच करोडसम्म लगानी गरेर फिल्म बनाउन थालेका छन्। निर्देशक मिलन चाम्सले चलचित्र ‘लिलिबिली’ को छायांकन लन्डन, स्कटल्यान्ड, स्तानबुललगायतका सहरमा गरेका थिय ।

यस्तै अभिनेत्री ऋचा शर्माले निर्माण गरेको ‘सुनकेशरी’ अस्ट्रेलियामा छायांकन गरिएको हो। पृथ्वी रानाले ‘परे नि माया जालैमा’ हङकङमा खिचेका थिए। रमित ढुंगानाले ‘बुद्ध बर्न इन’ नेपालका केही दृश्य अमेरिकामा खिचाए। अभिनेता सुधांशु जोशीले ‘नेपाल’ नामक फिल्मका केही दृश्य अमेरिकामा खिचाएका थिए। आकाश अधिकारीले आफ्नो फिल्म ‘काठमाडौं’को केही दृश्य अमेरिकामा खिचेका थिए।

पहिले विदेशमा बस्ने नेपालीले सोख पूरा गर्न केही नेपाली फिल्म आफू रहेका स्थानमा छायांकन गरे पनि अहिले व्यावसायिक रूपमै विदेश गएर फिल्म खिच्न थालिएको छ।

केहि वर्ष अगाडी विदेशमा चलचित्रको छायांकन कम हुने गर्थ्यो ,अझ युरोप, अमेरिका तथा एसियाका विकसित मुलुकमा फिल्म छायांकन गर्ने कल्पना गर्न मुस्किल थियो।विदेशमा पनि नेपाली फिल्म प्रदर्शन हुन थालेपछि निर्माता धक फुकाएर लगानी गर्न थालेका छन्। र, विदेशी भूमिमा आफ्नो फिल्मको छायांकन गर्न थालेका छन्।

अर्को चलचित्र साङ्लो आउदो चैत्र देखि छायांकनमा छ ।नायक बिराज भट्ट आफैले निर्देशन गर्नलागेको यो चलचित्रमा पुर्व मिस नेपाल निकिता चनडकलाई नायिका फ़ाईलन गरिएको छ। यो चलचित्रको छायांकन भने कँहा हुन्छ बताईएको छैन ।