Gold

कम्युनिस्टको नाममा चक्कु देखाएर जनता तर्साउने कोशिस नगर, प्रधानमन्त्री ओली ,,

Naumule Migrate

फागुन २१ , झापा – जनतालाई चक्कु देखाएर तर्साउने कार्य रोकियोस् ,साथै बन्द , हड्ताल , लुटपात गरेर कम्न्युस्ट पार्टी नभन्न पनि प्रधानमन्त्री ओलीले जानकारी गरेका छन् ।

, ओलीको साथमा नेकापाका अर्का अध्यक्ष पुस्कमल दाहाल प्रचण्डपनि साथमा उपस्थिति देखिएका हुन् ४६ औं सुखानी स्मृति दिवसको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

म यो सहिद भूमीबाट फेरी एकपटक आह्वान गर्छु, कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस ओलीले भने ।’ सरकारले देशैभरी विकासको माहोल ल्याएको बेला ‘केही तत्वहरुले जनता भाँड्न अग्रसर भयको पनि ओलीले बताए सरकारले केही गरेन भने पनि सरकार विकास, निर्माण, सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।

ओलीले सहिदको सपना पुरा गर्न तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) पार्टी एकता गरिएको समेत बताए । ‘झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ,’ प्रधानमन्त्री ओलीले सुखानीबाट भने, ‘म यही सहिद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पुरा गर्नका लागि भएको हो ।

धानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण गरे । ‘म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें’ प्रधानमन्त्री ओलीले भने ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।

२०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुंइकेल, विरेन राजवंसी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

Naumule Badhipahiro