surkhet

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज किन वेवास्था गरि आकाशमा ३ फन्को लगाईयो ,,

surkhet

फागुन,२३ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको हो ।

मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो ।

Dailekh
Gorkha

यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयका एक अधिकारीले बताए ।

‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ । सुरक्षा र समयका हिसावले पनि यो महत्वपूर्ण हुन्छ’ मन्त्रालयका एक अधिकारी भने,’तर प्रधानमन्त्री बिरामी पनि हुनु भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो ।

विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्नेछ ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या छ उनि हिजोमात्र शिक्षन अस्पताल बाट डिसचार्ज भयका थिय ।

salyan