Simta
Gurvakot
Gurvakot

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै,

फागुन ३० ,काठमाडौँ – करिब २५ वर्ष पहिलेबाट अस्थाई रुपमा कार्यरत रहेका सिक्षकलाई स्थायी बन्न पाउने भयका छन् ।शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ ।

२०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।तीनवटै तहका गरी करिब १३ हजार अस्थायीका साथै १२ हजार ७ सय ३९ पदमा खुला प्रतिस्पर्धाबाट स्थायी हुँदै छन् ।

पदपूर्ति प्रक्रियालाई तहगत आधारमा २०४९ सालअघि, ०६१ सालअघि र २०७२ सालअघि गरी तीन फरक समूहमा अस्थायीलाई प्रतिस्पर्धा गराइएको छ । हालै मात्र प्रकाशित निम्न माध्यमिक तहको शिक्षक परीक्षामा १ हजार ९ सय ९ जना उत्तीर्ण भएका छन् ।

lekbesi

तीमध्ये ५१ जना २०४९ सालअघि र ८ सय ५९ जना ०६१ साल अघिदेखि अस्थायी छन् । उत्तीर्ण भएका शिक्षकहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान र कम्प्युटर विषयका हुन् ।

सबैभन्दा धेरै अस्थायी शिक्षक प्राथमिक तहमा छन् । प्राथमिक र माध्यमिक तहको नतिजा प्रकाशनक्रममा छ । ‘आयोगले विभिन्न तह, खण्ड र विषयगत गरी दुई सयभन्दा बढी विज्ञापनको पदपूर्ति गर्दै छ,’ आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले भने, ‘मावि र प्राविको नतिजा प्रकाशन गर्न अझै केही समय लाग्छ ।

Simta

लाइसेन्स यसै वर्ष

शिक्षक सेवा आयोगले यही आर्थिक वर्षभित्र अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षा लिएर नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । प्राविधिक कारणले २०६८ सालदेखि रोकिएको प्राथमिक तहको शिक्षक लाइसेन्ससमेत खुलाउने आयोगले जनाएको छ ।

शिक्षा ऐनमा विद्यालयलाई आधारभूत र माध्यमिक गरी दुई तह मात्र कायम गरिएपछि प्राथमिक शिक्षकका निम्ति लाइसेन्स रोकिएको थियो ।हामी चाँडै लाइसेन्स परीक्षा लिनेछौं,’ प्रशासकीय प्रमुख थपलियाले भने, ‘लाइसेन्स लिन योग्य उम्मेदवारले अनलाइनबाट फाराम भर्न पाउनेछन्, चाँडै जाँच लिइनेछ र असारभित्र नतिजा प्रकाशन भइसक्नेछ ।

आयोगले नयाँ लाइसेन्स लिएका युवालाई लक्षित गरी खुला विज्ञापन आह्वान गर्ने थपलियाले बताए । मुलुकका ७७ वटै जिल्लाबाट लाइसेन्सको फाराम भरेर परीक्षा दिन पाउनेछन् ।

प्राथमिक तहका निम्ति विषय तोकिनेछैन भने कक्षा ६ देखि माथि अध्यापन गराउनेलाई विषयगत लाइसेन्स परीक्षा लिइनेछ ।केहिदिन आगाडी मात्र देशभरका अस्थाई सिक्षकहरुले स्वत रुपमा र कार्यरतका आधारमा स्थाई गर्ने माग राख्दै आन्दोलन गरेका थिए।