४५ जिल्ला पुर्वएनेकपा एमाले र ३२ जिल्ला पुर्वएमाओवादीले नेतृत्व गर्ने ,,
चैत ३ , काठमान्डौ – नेकपा भित्र स्थानिय तहको पार्टी एकता टुंगो लगाउने गृहकार्य भइरहेको छ। तर नेकपा अध्यक्ष प्रचण्ड आजै अमेरिका प्रस्थान गर्ने भएकोले यो कार्य २ हप्ता जति रोकिने नेकपाको सचिवालयले बताएको छ।
प्रचण्ड पत्नी सिता दाहालको उपचार गर्न अमेरिका प्रस्थान गर्न लागेका हुन् ।,यद्यपि विभिन्न जिल्लाहरुमा भागवण्डा मिलिसकेको नेताहरुले दाबी गरेका छन् । श्रोतका अनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ ।
तर, यसलाई अन्तिमरुपमा दिने बेलामा प्रचण्डको विदेश भ्रमणका कारण ठोस निर्णय हुन बाँकी रहेको छ । नेकपा उच्च स्रोतका अनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ । तर, ओलीको प्रस्तावमा पूर्वएमालेकै माधव नेपाल समूहले समेत सहमति जनाइनसकेको स्रोतले जानकारी गरेको छ ।
कुनले कँहा कसरि नेतृत्व गर्ने ,,
प्रदेश १ र ४ का केही जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी दुबैको दाबी कायम रहेकाले टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । प्रदेश १ मा पूर्वमाओवादीले १४ मध्ये कम्तिमा ५ जिल्लाको नेतृत्व दाबी गरेको छ । पूर्वएमाले पक्षले ४ जिल्लाको नेतृत्व दिन सकिने बताइरहेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र भोजपुरमा एमालेको नेतृत्व कायम हुने सहमति भइसकेको छ । तर, संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका कारण विवाद छ ।
प्रदेश २ मा पूर्वएमाले र पूर्वमाओवादीले चार/चार जिल्लाको नेतृत्व पाउने सहमति भए पनि कुन जिल्ला कसले पाउने भन्ने अन्तिम टुंगो अध्यक्ष र महासचिवले नै लगाउने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।
स्रोतका अनुसार पूर्वएमालेले धनुषा, सर्लाही, बारा र पर्सा तथा पूर्वमाओवादीले सप्तरी, सिराहा, महोत्तरी र रौतहटको नेतृत्व पाउने सम्भावना छ ।
प्रदेश ३ मा यसअघि नै कार्यदलले जिल्लाको भागबण्डा टुंगो लगाइसकेको छ । जसअनुसार पूर्वएमालेले मकवानपुर, धादिङ, रसुवा, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ ।
त्यस्तै पूर्वमाओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ । यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।
गण्डकी प्रदेशमा कार्यदलले सिफारिस गर्न नसकेकाले नेताहरु छलफलमै छन् । स्रोतका अनुसार पूर्वएमालेले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मुस्ताङको नेतृत्व पाउनेबारे छलफल भइरहेको छ । पूर्वमाओवादीले लम्जुङ, मनाङ, बागलुङ र नवलपुरको नेतृत्व पाउने सम्भावना छ ।
प्रदेश ५ मा भने पूर्वएमालेभित्र तीब्र विवाद छ । यद्यपि पूर्वएमाले र पूर्वमाओवादीबीच जिल्ला बाँडफाँड भने भइसकेको छ । पूर्वएमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, प्युठान र दाङको नेतृत्व पाउने समझदारी भएको छ । पूर्वमाओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुमको नेतृत्व पाउनेछ ।
त्यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये एमाले र माओवादीले पाँच/पाँच जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । तर, मुगु र कालीकोटका बारेमा छलफल भइरहेको छ ।
पूर्वएमालेले दैलेख, सुर्खेत, डोल्पा र जुम्लाको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये एमालेले ५ वटा कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङको नेतृत्व पाउने समझदारी भएको छ ।
जिल्ला बाँडफाँड लगभग टुंगिएकाले अब केही व्यक्तिका नाम मात्रै टुंगो लगाउन बाँकी रहेको स्रोतले जनाएको छ ।पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तल्ला कमिटी एकीकरण नहुँदा कार्यकर्तामा निराशा छाएको छ ।
बाम सरकार एकता भएपछि देशमा विकाश र निकास नभयको भन्दै जनतामा तिब्र विवाद छ जिल्ला बाँड ,फाँड भयपछि र नेतृत्व समालेपछि विकासले केहि गति लिने देखिन्छ