उपेन्द्र यादव पनि आएपछि कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत को सरकार बन्ने प्रचण्ड को भनाई,,
रंग दर्पण ११ फागुन, काठमाडौं – नयाँ सरकार गठन हुन लाय लगतै पार्टीमा होट्बाजी चलेको छ कतै मन्त्रि बन्ने त कतै दुई तिहाई का कुरा। यसै समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् ।
उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको दावीसमेत गरे ।
प्रचण्डले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाउनु ठूलो उपलब्धी भएको तर्क गरे । उनले वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य जनक शाहलाई अध्यक्ष प्रचण्डले पार्टीका प्रवेश गराए । शाह डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजेट निर्माण कार्यदलमासमेत थिए ।