दाल भात तरकारी आजदेखि हलमा वर्षाको असर कस्तो पर्ला ,,

निर्माता किरण केसीको चलचित्र दाल भात तरकारी आज देखि हलमा प्रदर्शन भईरहेको छ ।चलचित्रले गत बुधबारदेखि बुकिङ्ग खोलेको थियो ।हलमा हलिउड चलचित्र ‘एभेन्जर्स दि इन्डगेमको असर पर्छ कि भन्ने आंकलन गरिएपनि तेस्तो भयन ।

चलचित्र दाल भात तरकारीले काठमाण्डौको क्यूएफएक्स चेनले यो चलचित्रलाई २० शोज दिएको छ भने काठमान्डौ देखि बाहिर पनि राम्रो सोज पाएको छ । यस्तै, अन्य मल्टिप्लेक्सहरु बीग मुभिज, बीएसआर, एफक्यूब, क्यूज लगायतका हलमा पनि चलचित्रले राम्रो शोज पाएको छ ।

साथै आज राजधानीमा ठुलो वर्षा र हावा हुरी चलेको छ उक्त वर्षाले चलचित्रला कति असर पार्छ भन्ने सोचलिन त सकिन्छ तर चलचित्र शत्रुगते निर्माण गरेको टिमले दाल भात तरकारी निर्माण गरेको हुनाले सबै दर्शकले मनपराउछन भन्ने निर्माण टिम ढुक्क छ।

चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, किरण केसी, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको गीत भिजिट भिसाले सबैको मन जितेको छ।

नेपालि युवा युवती विदेशको लागि जना मरिहत्ते गर्ने र गयपछि स्वदेशमा फिर्ता हुन नमान्ने विषयवस्तुलाइ राखेर चलचित्र निर्माण गरिएको छ।चलचित्रमा हरिवंश र निरुता सिंहको कमेडी छ।