सन्दीप लामिछानेलाई काठमान्डौमा स्वागत ,,

वैशाख २९ , काठमान्डौ – क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर आज काठमान्डौ फर्कीएका छन् ।

आइतबार त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भए पनि धेरै उपलब्धीपूर्ण भएको बताएका हुन् ।

उनले भने व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ ।आईपीएलमा खेलेका ६ खेलमा उनले ८ विकेट लिएका थिए ।

lekbesi

जसमा उनको इकोनोमी ९.१३ र एभरेज २६.२५ रहेको थियो ।उनले जारी आईपीएलमा अन्तिमपटक रोयल च्यालेन्जर्स बेग्लोरविरूद्ध खेलेका थिए । जुन खेलमा महँगो सावित भएका सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए भने विकेट लिनबाट भने असफल रहेका थिए ।

यसपछि दिल्लीले खेलको चार खेलमा कुनैमा पनि सन्दीपले प्लेइङ इलाभेनमा स्थान बनाउन सकेनन् ।साथै जेठ पहिलो साता हुने प्रधानमन्त्री कप क्रिकेटमा भने आफू सहभागी नहुने पनि उनले बताए ।

धेरै व्यस्त भइरहेकाले यसपटक आराम गर्न प्रधानमन्त्री कपमा सहभागी नहुने उनको भनाई छ ।सन्दीप आइतबार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।