सगरमाथा आरोहण खुलेसंगे ८ जना पुगे चुचुरोमा अब अन्यपनि आरोहीपनि रंग दर्पण ,,

वैशाख ३१, काठमान्डौ – यो वर्ष सगरमाथा आरोहण खुलेसंगे ८ जना सगरमाथाको चुचुरोमा पुगन सफल भएका छन् ।गएको वर्ष पनि वैशाख ३१ गतेदेखि नै सगरमाथा आरोहण सुरू भएको थियो।
सगरमाथाको चुचुरो ८८४८ उचाईमा आज दिउसो सगरमाथाको लागि बाटो सफा गर्ने र बनाउने शेर्पा टोलि चुचुरोमा पुगेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
संखुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम गरेको हो। सो समूहमा पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा, मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा छन्।


यसवर्ष सगरमाथाको उचाई मापन गर्ने नेपालको सरकारी टोली समेत आरोहणको तयारीमा छ । शेर्पाको टोली शिखरमा पुगेर फर्केपछि अब अन्य आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ यो सिजनमा हिमाल आरोहणबाट करिब ५० करोड सलामी दस्तुर जम्मा भएको छ।
विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन्। यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन्।
विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यसयाममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा छन्।
