७८ लाख धरौटी दिएर छुटे राजनारायण पाठक ,,

Naumule

जेठ १ ,काठमाडौं- विशेष अदालतले राजनारायण पाठकसँग ७८ लाख धरौटी माग गरेको छ । भ्रष्टाचारको मुद्धा खेपिरहेका राजनारायण पाठकलाई अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

Gurvakot

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नैतिक दवाबमा राजीनामा दिएका थिए ।

पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए । पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए बुधबारनै उनलाई अदालतले बयान लिएको थियो।

Bangad kupinde