surkhet

विप्लवको बन्द उपत्यका सहित् राज्मार्ग सुन्सान् ,,

surkhet

जेठ, १३,काठमाडौं –  प्रतिबन्धित विप्लव समूहले सोमबार आह्वान गरेको बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ ।

Gorkha

अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् ।प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा विप्लव समुहले आज देश व्यापी बन्दको आवहाँन गरेको छ ।

Dailekh

काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् ।

यद्यपि, रात्रि बस भने उपत्यकाबाट बाहिरिएका थिए । पृथ्वी राजमार्गलगायतका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु भेटिएपछि स्कर्टिङ गरेर रात्रिबसलाई गन्तव्यतर्फ पुर्‍याएको प्रहरीले जनाएको छ ।

 

salyan