अन्तरस्ट्रिय विमानस्थल छिट्टै २४ घण्टा संचालनमा आउने ,,

जेठ ३२ , काठमान्डौ – त्रिभुवन विमानस्थलको कार्य तिब्र गतिमा भईरहेको छ । रन-वे स्तरोन्नति (रिह्याबिलिटेसन) को काम अन्तिम चरणमा पुगेपछि करिब २ हप्ता भित्र विमानस्थल २४ घण्टा सुचारु हुने छ ।

हाल रन वेको माथिल्लो भागमा कालोपत्रे कार्य भईरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ ।

तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन । विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान-अवतरण हुन्छन् ।यही कामका लागि हाल विमानस्थल बेलुकी १० बजेदेखि विमान ८ बजेसम्म विमानस्थल बन्द गरिन्छ ।

हाल ३ हजार ५० मिटर लामो रन-वेको पुरै ६० मिटर चौडाभागमा थप साढे ६ सेन्टिमटरको कालोपत्रे थप्ने काम चलिरहेको नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फरिँदैछ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ ।

चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम गर्दैछ । विमानस्थलको रनवेमा पटक पटक वर्षाले चिरा चिरा पार्ने गरेको थियो । जसले गर्दा विमानको उडान र अवतरणमा ठुलो असर पर्ने गर्दछ।