साथि कुरिरहेका जिल्ला ईन्चार्जलाई पक्राउगरि कायरतापुर्बक गोलीहानी हत्या गरेको बदला लगेर छोड्छौ विप्वल ,,रंग दर्पण ,

असार ४ , काठमान्डौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या गरिएको भन्दै यसको बदला संघिय सरकार र जनताबाट लिने आवहान गरेको छ ।

नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरको बताएका हुन् ।

हाम्रो पार्टीका जुझारु यवंम कर्तब्यनिस्ट कमरेड कुमार पौडेलको बलिदानले पार्टी र आनोदोलनलाई ठुलो क्षति पुगेको छ। हामि शोक संतप्त परिवार र पार्टीपंतिमा गहिरो समवेदना प्रकट गर्दछौ ।

lekbesi

साथै पार्टीका शहिदको बलिदान खेरजान नदिने विज्ञप्तिमा जारि छ ।नेपाल कम्युनिष्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यामबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु विज्ञप्तिमा उल्लेख छ ।