suekhet
bheriad

पाँचौ अन्तराष्ट्रिय योग दिवस नवलपरासीमा पनि मनाइयो ,,रंग दर्पण ,,

lekabesi

असार ६ नवलपरासी पश्चिम- ,पाँचौ अन्तराष्ट्रिय योग दिवस नवलपरासीमा बिभिन्न्न कार्यक्रम गरी मनाईएको छ। त्यसै गरी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.-६ मा रहेको जन जागृति माध्यमिक विद्यालय गुठी परसौनीको प्राङ्गणमा आज गाउँपालिका स्तरिय योग दिवस मनाइएको छ ।

आयुर्वेद औषधालय् गुठी परसौनीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा उक्त समारोह सम्पन्न भएको हो । वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको अध्यक्षता तथा गाउँपालिका प्रमुख राज कुमार शर्माको प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा कादिर अलि अन्सारी, बृजराज कुशवाहा, केशव प्रसाद अधिकारी, दिलिप गुप्ता लगायतहरुले शुभकामना दिनु भएको थियो ।
समारोहमा प्रतापपुर गाउँपालिकाका करिब चार सय जनाको सहभागिता रहेको थियो ।

योग शिविरमा प्रशिक्षण गूठि प्रसौनी आयुर्वेद शाखाको कबिराज दिनबन्धु मिश्रले दिनु भएको थियो ।

 

 

 

अंगद यादव/नवलपरासी पश्चिम ,,