गलबन्दी गीतको विवाद संसदमा पुग्यो जातिय गालि गर्नेलाई साईबर क्राईम अनुसार कारबाही गरिने ,,रंग दर्पण ,

गलबन्दी गीतबारे आफ्नो धरान राख्दै पुर्वमन्त्रि मिन बहादुर विश्वकर्मा ,,

असार ९ , काठमान्डौ – गलबन्दी गीतको विवाद संसदमा पुगेको छ ।गायक संगीतकार सम्भु राईको दसैँको गीत आउ नाचौ साथि हो संग अहिलेको गलबन्दी च्यातियो तिम्ले तानेर बोलको गीत मिलेको भन्दै शम्भु राईले प्रकाश सपुत विरुद्द मुद्दा हालेपछि यो विषय संसदसम्म पुगेको छ।

शम्भु राईले प्रकाशलाई गीत कपि गरेको आरोप लगाएपछि अहिले केहि ब्याक्तिले प्रकाश सपुतविरुद्द सामाजिक संजालभरि गालि गलैच र जातिय विभेद गरेपछि यो कुराले उग्ररुप लिएको हो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गलबन्दी गीतको बचाउ गरेका छन्। उनले भने लोकगीत भनेको नेपालीको पहिचान हो एसलाई बचाउने हाम्रो कर्तब्य हो।

लोकभाका निकाल्दा हल्का केहि लय मिल्न गएपनि त्यो मिलेको होइन ,त्यो त पुराना श्रस्टालाई बचाउ गरेको हो। तेसैमा झन् सम्भुराईको गीत त प्रकाश सपुतको गीत संग मिल्ने कुरै भएन नेता विश्वकर्माले भने।

गलबन्दी गीतले एक महिनामा डेढ करोड भिउज पाए को छ ।गलबन्दी गीतको लय सम्भु राइको गीतसंग मिलेको छैन। विश्वकर्माले संसदमा भने ।

गीतको विषयलाई लिएर प्रकाश सपुतलाई सामाजिक संजालभरि केहि तेस्ता विरोधी तत्वले जातिय कुरा ल्याएर गालि बेजत गरेको हुनाले तेस्ता व्यक्तिलाई कारबाही गर्न समेत सरकार सामु आफ्नो भनाई राख्नुभयो।

त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजायँ ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु विश्वकर्माले भने।

के को बुढा पाखा, के को बालक के को नेपालि के को विदेशी, सबैको मुखमा झुण्डीएको शब्द हो गलबन्दी गीत यो सबैले गुनगाउछन ।पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नुनै लोकभाका हो।

जुन मेलापात ,विवाह , रतेउलिमा गाईन्छा स्वतस्फुर्तले गाउनुनै लोकभाका हो। यो न कसै संग मिल्छ न चोरी हुन्छ ।झनै गलबन्दी प्रकाश सपुतको गीत मेरो गीत संग मिल्यो भनि मुद्दा हाल्ने शम्भु राईले लाजमान्नु पर्ने विषय हो। विश्वकर्माले भने।