suekhet
bheriad

४ बुँदे सहमति पछि प्रकाश सपुत र शम्भु राईको सेल्फी ,,

lekabesi

गायक प्रकाश सपुत र गायक संगीतकार शम्भु राईबीच ४ बुँदे सहमति भएको छ ।गलबन्दी गीतले गर्दा प्रकाश र शम्भुराई बीच निकै खटपट देखिन्थ्यो ।

यो विषयले गर्दा शम्भुले प्रकाशलाई मुद्दा हाले भने ,प्रकाशले सामाजिक संजालमा निकै गालि समेत खान पर्यो। प्रतिलिपि रजिस्टारमा छलफल गर्दा यो विवाद सहमतिमा टुंगिएको छ।

बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ ।

यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ । अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ ।

यो सहमतिपछि शम्भुले प्रकाश विरुद्द हालेको मुद्दा फिर्ता लिएका छन् ।भने दुवैजनाले संगै रहेर सेल्फी पनि खिचेका छन्। सहमति संगै गल्बदी गीतको विवाद भने अब यहि अन्त्य भएको छ ।यसैबीच प्रकाशले यो विषयलाई नलम्ब्याउन र अग्रजको लागि आफ्नो छाति फराकिलो पारेको जानकारी गरेका छन् ।