पर्यटन मन्त्रि रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर हिमाली आँधीका कारण दुर्घटना भएको छानबिन समितिको प्रतिवेदन ,,

Naumule

असार ११ , काठमान्डौ – पर्यटन मन्त्रि रविन्द्र अधिकारि सहित सात जनाको हेलिकोप्टर दुर्घटना छानबिन समितिले आफ्नो प्रतिबेदन बुझाएको छ ।

गत फागुन १५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन,एएमआई एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका,१० सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

Gurvakot

मन्त्रालयको स्रोतका अनुसार प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम मानिएको छ । त्यो दिन पाथिभरा क्षेत्रको मौसम राम्रो थिएन हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झन् खराब भयो, हेलिकोप्टर सवार सबैले पाथिभरामा पुजा गरे ।

केहीछिनमा मौसम सुधार भएजस्तो लागेपछि हेलिकोप्टर उड्यो तर दुर्भाग्यबस हेलिकोप्टर उडेको एकमिनेटमा दुर्घटना भयो। हेलिकोप्टर उडेको बेला ठुलो हिमापत संगको आँधी आएपछि पाईलटले हेलिकोप्टर नियन्त्रण गर्नसकेनन र दुर्घटना हुने पुगेको छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

आयोगले छानविनका क्रममा भने प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार प्रारम्भीक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान रहेको छ । उक्त अवधिमा सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक हुनेछ ।

Bangad kupinde