surkhet

ग्लोबल र जनता बैंक मर्ज हुँदै ,,

surkhet

असार २० ,काठमान्डौ – ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष श्री केशब बहादुर रायमाझीले मर्जरका लागि सहमती पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा श्री चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनुहुनेछ ।

Dailekh

सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनुहुनेछ ।

Gorkha

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।

राष्ट्र बैंकले बिग मर्जका लागि बैंकहरुलाई दवाव दिँदै गर्दा आठ बैंकले प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता जनाएका बैंकमध्ये जनता बैंकको ग्लोबल आइएमईसँग मर्ज हुने सहमति भएको हो ।

ती बाहेक सिभिल, एनसिसी, सनराइज, सानिमा, लक्ष्मी र इन्भेष्टमेन्ट बैंकले पनि मर्जमा जाने प्रतिबद्धता जनाएका छन्।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार यी बैंकहरुले मर्जर कमिटी बनाएका छन्। मौद्रिक नीति सार्वजनिक हुन अझै एक साताको अवधि बाँकी रहेकाले त्यतिञ्जेलसम्म प्रतिबद्धता जनाउने बैंकको संख्या बढ्ने राष्ट्र बैंकको दावी छ।

salyan