बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई सुनाए बाहुन साँझमा ससुराली गएको कथा ,,
असार २० , काठमान्डौ – प्रधनमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई व्यङ्ग गरेर भ्यागुतोको कथा सुनाएपछि भट्टराईले पनि ओलीलाई बाहुन साँझ ससुरालीमा गएको कथा सुनाएका छन् ।
नेपाल समाजवादी पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै ओलीले भट्टराईमाथि व्यंग्य गरे लगतै भट्टराईले पनि ओलीलाई निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथाले ब्यङ्ग गरेका छन् ।
भट्टराईले आफ्नो सामाजिक संजालमा लेखेका छन्। हाम्रो पालामा तिन कक्षामा पढ्ने बेलामा सुन्ने र पढ्ने गरेको घमण्डी भ्यागुतोको कथा सुनाएछन् ।
त्यो भन्दा त् बाहुन सांझ पख ससुराली जाँदा भित्र सासुले सेल रोटि पाकाएर थालीमा हालेर बाहिर ल्याइदिएको कथाले व्यंग्य गरेका छन् ।
,ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार?’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।
सासुले हालेको रोटि ज्वाईले पत्ता लगाएपछि ज्योतिषनै हुन् क्यारा अब गाँउमा हराका गधा पत्ता लगाउन पर्यो भन्दा सबै सुतेको बेला उठेर फरार भएको र भाग्दा उखुबारीमा गधा देखेको कथा सुनाए ।ओलीले तेस्तै गरेका हुन्उनले भने ।
भट्टराईले प्रधानमन्त्रीलाई गरेको कटाक्ष पढ्नुहोस ,,
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ।
त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि?कथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्।
सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्!पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दीइछन ।
ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार?’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।
गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्!अब पर्यो फ़साद!भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।
भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन,आँखा!ज्वाइँ ससुराली घर फर्केर सुतेछन्!भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्अब के चाहियो?
निदुलीको ख्याति राजदरबारसम्म पुगेछ।राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्।बस्न कोठा दिएछन्!अब पर्यो महाफसाद!भागौं,पहरा छ ।
कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ;धोबीको गधा उखुवारी पाएँ;अब आयो निदूली तेरै काल!’पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ!उसको नाउँ पनि निदूली रहेछ!उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्,हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।
’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन! अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो।