भारत सरकारको दबाब पछि नेपाल सरकार तरकारी तथा फलफूलमा विषादी परीक्षणबाट पछि हट्यो ,,

असार,२० काठमाडौं – भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ ।

भारतीय दुतावासले नेपाल सरकारलाई लिखित पत्रनै पाठाएर दबाब दिएपछि बिहिबार बसेको मन्त्रिपरिषदको बैठक ६ महिना सम्मका लागि यो नीति स्थगित गरेको श्रोतले बताएको छ ।

यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

भारतबाट नेपाल भित्रिएको सबै तरकारी फलफुल विषादी मिसाईएर आउने गर्दछ ।जसले गर्दा मानव जिबनमा प्रतक्षय असर भई मन्द बिषले मान्छेको मृतु हुने गर्दछ ।

कृषि प्रधान देश नेपालमा चामल फलफुल ,तरकारी भारतबाट भित्रिनुमा पनि सरकार र जनताको कमजोरी देखिन्छ ।