भारतले बाँध नखोल्दा रौतहट पुरै डुब्यो ,प्रहरी बाहिर निक्लन नपाउँदा ऊदार हुनसकेन ,,

असार २८ , रौतहट – अविरल वर्षाका कारणले विभिन्न गरि १७ जिल्ला प्रभावित भय १९ जनाको ज्यान गयो भने ८ जना बेपत्ता छन्। धनजनकोभाने क्षरि विवरण आउनैअ बाँकी छ ।

बागमति र लालबकैयाको नदिको पानी पसे पछि रौतहटको सदरमुकाम गौर डुबेको छ ।रौतहट अहिले ८ फिट पानिमा डुबेको छ भने घर घर भित्र पानि पसेर स्थानियबासि हारगुहार मागिरहेका छन्।

पानीले गर्दा प्रहरी चौकी समेत डुबेका छन् सुरक्षा कर्मी बाहिर निस्कन नसक्दा उद्दार कार्य हन सकेको छैन। दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ ।

सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ । अहिले गौर बासि घरको छतमा बसेका छन् पानि निरन्तर परिरहेको छ ।

पानीको निकासका लागि बाँधका ढोका खोलिदिन प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले आफ्ना समकक्षीहरुलाई आग्रह गरे पनि भारतीय पक्षले खोलिदिएको छैन ।

बाढीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भुभाग डुबानमा परेको छ। बकैया र बागमतीको बाँध ठाउठाउमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो।

लालवकैया खोलाको बाढीले बनुयाद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्ध बगाएपछि सो क्षेत्रका करिव ६ नगरपालिका ढुवानमा परेको छ। यस्तै बागमती नदिको बाढीले गढिमाइ नगरपालिकाको दुई स्थानमा बाँध भत्काएपछि सो क्षेत्र डुवान भएको छ।

पटक पटक भारतलाई बाँध खोल्न आग्रह गरेपनि भारतले नसुनेको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। क्षुरक्षा कर्मीले अहिले डुङ्गाबाट उद्दार कार्य गरेको छ ।

हेलिकोप्टर बाट उद्दार कार्य सम्भव छ तर एक तलाका घर हरु सबै दुबिसकेका छन् ।थापाले भने भारतले बाँध खोल्नुको साटो उल्टै सिमा क्षेत्र बाँधमा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ ।

अहिले सामाजिक संजालमा चौतर्फी भारतको विरोध भईरहेको छ ।भारतीय पक्षले लालबकैया र बागमतीलाइ जोडेर दशगजा क्षेत्रमा करिव २५ फिट अग्लो तटबन्ध निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा पर्दै आएको छ। दुई वर्ष अघि यस्तै अवस्थमा भारतीय क्षेत्रको बाँध भत्किएको थियो।