suekhet
bheriad

,राजा साहेब, रमितसंग दुई नायिका रानी ,,

lekabesi

नायक रमित ढुंगाना लामो समयपछि चलचित्रमा फर्कीएका छन् ।कुनै समय फ्लिम छेत्रमा आफ्नो बर्चस्व जामाएका नायक रमित भने केहि समयसम्म फ्लिम क्षेत्रमा देखा परेका थिएनन।

अब भने रमितले चलचित्र राजा साहेबमा काम गर्न लागेका छन्। उनले यो चलचित्रमा महँगो पारिश्रमिक पनि लागेको बताईएको छ ।चलचित्र राजा साहेब छिट्टै छयांकन हुने भनेपनि नायिकाको खोजि चलिरहेको थियो।

नायिकाको खोजीमा रहेको निर्माण टिमले अन्तमा नायिकाको टुंगो लगाएको छ ।चलचित्र राजा साहेबमा दुई नायिका फाईनल भएका छन्। जसमा सोनिका केसी र आइशा राईलाईलाई मुख्य मुख्य भूमिकामा देख्न पाईने छ ।

यीदुबै नायिका मोड्लिङ् क्षेत्रमा छन्, यीमध्य सोनीकाले भने चलचित्र ‘चौका दाउ’को एक गीतमा पनि आइटम नृत्य गरेकी छिन् ।

चलचित्रलाई विचल किराती राईले निर्देशन गर्नेछन् ।चलचित्रमा चन्द्र लामा, ज्याक सुब्बा र भीमसेन कार्की निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा जयकिसन बस्नेत, विशाल पहाडी, प्रज्जवल गिरी, पुष्कार रेग्मीलगायतको पनि मुख्य भूमिका रहने छ ।‘किराती इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुनथालेको चलचित्र अर्को साताबाट छायांकन हुने लागेको हो।