रास्ट्रिय तथा प्रादेशिक पुरस्कार कर्णालीका पदम रोकायलाई ,रंग दर्पण,,

Naumule

असार २९ , काठमान्डौ – नेपाल सरकारले प्रतेक वर्ष वितरण गर्ने रास्ट्रिय तथा प्रादेशिक पुरस्कार कर्णालीका पदम रोकायले प्राप्त गरेकाछन ।

रास्ट्रीय प्रज्ञा प्रतिस्ठान भवन कमलादिमा बृहत कार्यक्रम गर्दै वितरण गरिएको प्रादेशिक प्रतिभा पुरस्कार रोकायलाई प्राप्त भयको हो।

उक्त पुरस्कार नेपाल सरकार सांसकृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमनत्री स्तरियको निर्णय अनुसार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले वितरण गर्नु भयको थियो ।

रोकायलाई पुरस्कार सहित रु ५०,००० पचास हजार नगद राशि प्रधानमन्त्री ओलीले सम्मानित हस्तान्तरण गर्नु भयको थियो।

कार्यक्रममा महाकवि देवकोटा पुरस्कार ,भगत सर्वजित मानव मर्यादा रास्ट्रीय पुरस्कार र गोपाल प्रसाद रिमाल पुरस्कार पनि वितरण गरिएको थियो ।

कार्यक्रममा सांकृतिक राज्यमन्त्री धन बहादुर बुढा संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका उपकुलपति लगायत रास्ट्रीय स्तरका उच्चस्तरका ब्याक्तिको सहभागिता थियो ।

                            को हुन् पदम रोकाय ,

सिंगापुरमा भईरहेको नेशनल बक्स अफिस म्युजिक अवार्ड २०१८ टप १० मा सुचिकृत हुन सफल गायक तथा संगीतकार पदम रोकाय कर्णाली कलाकार समाजका संस्थापक अद्यक्ष रास्ट्रीय संगीतकर्मी संघका कर्णाली प्रदेश पूर्व अद्यक्ष र चौथो महाधिवेशनमा राष्ट्रिय संगीतकर्मी संघका प्रदेश संयोजक हुन ।

साथै रोकाय कर्णाली प्रदेश कलाकार समाजका वर्तमान सचिव लगायत उच्च पदमा रहेर विभिनन संघ सस्थामा आबद्द भई काम गरिरहेका छन ।

वि स ०४६ माघ १० मा जुम्लाको सिञ्जा पाणडवा गुफा रोकायवडामा उनको जन्म भयको थियो।नेपालको दुर्गम जिल्लामा जन्मेका रोकाय कलाकारिता क्षेत्रमा उदाएका चर्चित संगीतकार तथा गायक हुन्।

२०६१ सालबाट नेपाल सुगम संगीतमा आफ्नो यात्रा अगाडी बढाएका रोकायले करिब १५ बर्षमा एकसय भन्दा बढी गीतमा शब्द संगीत र स्वर भरिसकेका छन् ।

Gurvakot

जिन्दगीमा थियौ ,मुटु भित्र ,माया गर्ने जिबन साथि, धेका दिने धोकेबाज, तिम्ले घृणा गरेपनि ,रिसायर गयपनी, मिसकल नगर जस्ता उनले सिर्जना गरेका दर्स्जनौ गीत चर्चामा छन्।

उनका जुम्ला कालिकोट ,निस्ठुरी परि ,कर्णालीका दुर्दशा ,कसम खायको ,धोका खाको जस्ता थुप्रै गीतिसंग्रह बजारमा छन् । नेपालि कला संस्कृति झल्किने गीतहरु श्रोतामा लोकप्रिय बनेका छन्।

गीत संगीतबाट उल्लेखनीय योगदान दिदै आएका रोकायले पुर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट सम्मान ,पुर्व गृहमन्त्री जनार्दन शर्माद्वारा सम्मान तथा म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४ कालिकोट महोत्सव सम्मान जुम्ला महोत्सव सम्मान सिन्जा महोत्सव सम्मान नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ लगायत दुई दर्जन जति अवार्ड प्राप्त गरेका छन् ।भने उनले २०६६ सालमा पदम रोकाय एकल साँझको समेत भव्यरुपमा आयोजना गरिसकेका छन्।

रंग दर्पण सम्वादाता,,

ओम विकल ,,

थप संचार र मनोरन्जनकोको लागि हामीलाई फ्ल्व गर्नुहोस ,,

https://www.facebook.com/rangadarpan1/?ref=settings

 

https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA

Bangad kupinde