बोटेचौर धारापानी सडक कार्य तिब्र गतिमा रंग दर्पण ,,

साउन २८ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत पर्ने पुर्बी बोटेचौर धारापानी ३ को सडक कार्य तिब्र रुपमा आगाडी बढेको छ।

उक्त सडकले धारापानी हुँदै कुपिण्डे नगरपालिकाको १२ न. वडा समेतलाई छुने लक्ष्य राखेको छ ।

२०६७ सालबाट बोटेचौर धारापानी मोटरबाटो सुरु गरिएपनि विभिन्न राजनैतिक बहानामा सडक कार्य रोकीयको थियो । मोटर बाटो नहुँदा धारापानीबासि ४ घण्टा पैदल हिंडेर बोटेचौर आउने गर्दछन।

नगरपालिकाको बजेटमा सुरु गरिएको उक्त मोटरबाटोमा अहिले बोटेचौरबाट कोट सम्म धारापानी बासिले यात्रा गर्ने गरेको स्थानिय धारापानी ३ का ओबिलाल खत्रीले रंग दर्पणलाई जानकारी गरे।

उक्त सडक कार्य हाल झालेपर देखि गोगन्पानी सम्म पुगेको र कुनै पनि प्राविधिक कारणले नरोकीए उक्त मोटर बाटो केहि दिनभित्र वडा कार्यलय सम्म पुग्ने पनि उनले बताए ।

सडक कार्य तिब्र रुपमा धारापानी सम्म पुर्याउन निर्माण व्यवसायिक अर्जुन केसिले धेरैनै मेहनत गरेको स्थानिबासिले सहरानिय गरेका छन् ।

धारापानीमा मोटर बाटो पुग्ने भयपछि देश देखि विदेशमा रहेका धारापानी बासि निकै हर्षित देखिन्छन । सडक र यातायातले मन जित्न नसकेको धारापानीमा विभिन्न प्रकारका फल फुल तथा अन्नबाली उत्पादन हुने गर्दछन।

तेती मात्र नभई सडकका कारण धारापानीका पर्यटकिय स्थान चमेरे गुफा, सम्भावित प्याराग्लाईडिङ्ग जुरीचुलालेख मालिका जस्ता ठाँउ हरु पछि परेका छन्।

नगरपालिकाको पहलमा करिब एक करोडको बजेटमा उक्त मोटर बाटो निर्माण भईरहेको खत्रीले जानकारी गरे।