मकै बारीमा जहाज बसेपछि ,,

साउन ३० , काठमान्डौ – उडेको विमान एयरपोर्टमा अवतरण गरेको सुनिन्छ ।तर मकै बारीमा विमान अवतरण गरेको सुन्दा अचम्म लाग्न सक्छ ।

तर रुसको राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ ।

यराल एयरलाइन्सको विमानमा चालक सहित २३० जनाले सवार गरेका थिए । जस मध्ये २३ जना घाईते छन् ।जहाजमा चरा ठोकीएपछि असन्तुलित बनेको विमानलाई चालकले एककासी मकै बारीमा सुरक्षित अवतरण गरेका थिय ।

बिहीबार बिहान मस्को सहरको झुकोप्स्की विमास्थलबाट क्रिमियाका लागि उडेको थियो उडेको एक किलोमिटर जति पर चरा ठोकीएको थियो ।चार ठोकीएपछि मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

रुसको स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।