मौसविदले भनेको मिल्यो काठमान्डौमा आँधी हुरी सहित मेघगर्जन ,,

साउन ३२ , काठमान्डौ – देशका अधिकांश स्थानहरूमा मौसम परिवर्तन सहित सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

तेस्तै काठमान्डौमा पनि दिउँसो ३ बजेदेखि मेघगर्जनसहित आँधीहुरीको वर्षा भयको छ। तेस्तै शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सतर्क रहनुपर्ने मौसमविदले आग्रह गरेका छन ।

झापा,मोरङ,ईलाम,उदयपुर,सिन्धुली,कैलाली,कञ्चनपुर लगायत जिल्ला भई बहने नदीमा बाहव बढ्ने,केही साना नदीमा आकस्मिक बहावको संभावना,रहेको हुनाले पनि सतर्क रहन मौसमविद समीर श्रेष्ठले बताएका हुन्।

मौसम विज्ञान विभागका अनुसार धनगढीमा सबैभन्दा बढी २९ मिलिमिटर पानी परेको छ । पछिल्लो समय नेपालका अधिकांस जिल्लामा वर्षा पहिरो र चट्याङ्गका कारण धेरैले अकालमा ज्यान गुमाएका छन् ।