suekhet
bheriad

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश ,

lekabesi

नायिका शिल्पा पोख्रेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चले अदालतले आदेश दिएको छ । बहुविवाहसम्बन्धी मुद्दामा काठमान्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै शिल्पा सर्वोच्चसम्म पुगेकी थीइन ।

शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् ।

तर पाटनले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्च गएकी हुन् ।

छवि ओझाकि जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

छवी शिल्पालाई तत्काल पक्राउ नगर्न आग्रह गर्दै सर्वोच्चले आउदो १५ गते छलफलमा बोलाएको छ।