पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा बोलिन् रेनु दाहाल (विज्ञप्तिसहित) ,,

भदौ ५ , काठमान्डौ – पत्रकार शालिकराम पुडाशैनीको मृतु प्रकरणबारे भरतपुर मेयर रेनुदाहालले मुख खोलेकी छिन ।

नुवाकोटका पत्रकार शालिकरामको मृतु प्रकरणमा न्युज २४ का पत्रकार रवि लामिछाने सहित अन्य २ जनालाई चितवन प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

यो विषयले सामाजिक संजाल तातीएको छ ।साथै सामाजिक संजालभरि सरकारका उच्चपदस्थका व्यक्ति प्रति नराम्रा धरान राख्ने र कमेन्ट गर्ने गरेपछि चितवनकि मेयर रेणुदाहालले एक विज्ञप्ति जारि गरेकी छिन ।जसमा रेणु दाहाललाई पनि थुपारी नराम्रा गालि कमेन्ट आयका छन् ।

उनले विज्ञप्तिमा लेखिकी छिन पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्वमा सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको जानकारी गर्दछु विज्ञप्तिमा ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गर्दछु विज्ञप्तिमा जारि छ ।