१ लाख ९० हजार नक्कली भारतीय रुपैयाँसहित २ पक्राउ,,

भदौ ६ , विरगंज – १ लाख ९० हजार ( भारतीय २ हजारको ९५ थान) नक्कली नोटसहित पर्सा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पैदल यात्रु बहुदरमाई नगरपालिका-२ वैरियाविताका ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज छपकैया बस्ने ४८ वर्षीय जमिल अख्तर छन् ।

शुक्रबार मध्यान्ह पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । कारोबारीले वीरगन्जबाट सीमावर्ती भारतीय बजारतर्फ नक्कली भारतीय रुपैयाँ लगिरहेको विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार जाँचमा कडाई गरेको थियो ।

lekbesi

।प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार ३ महिनाको अवधिमा प्रहरीले स्रोत नखुलेको ५ लाख ८० हजार भारु बरामद गरेको जनाए ।