प्रधानमन्त्री स्वदेश फिर्ता अब नियमित कामगर्न सक्ने ,,

भदौ २० , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थापचार पछि स्वदेश फर्कीएका छन् ।,भदौ ५ गते उपचारको लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली शुक्रबार सिंगापुरबाट थाइल्यान्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट काठमान्डौ त्रिभुवन विमानस्थलमा झरेका हुन् ।

उपचारपछि प्रधानमन्त्री ओलीले अब नियमित काम गर्नसक्ने उनका निजि चिकित्सकले बताएका छन् ।निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको बताएकी छन् ।

प्रधानमन्त्री ओलीले यो पटकपनि विमानस्थलमा पत्रकार सम्मेलन भने गरेनन ,

lekbesi